दार्चुला – दार्चुलामा झन्डै एक दशकपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका नेता गणेश सिंह ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ । चुनाव आउन अब सात दिन बाँकी रहँदा दार्चुलामा प्रतिनिधि सभामा कसले जित्ला भन्ने विषयमा चिया पसलदेखि चोक, चौतारासम्म चर्चा हुन थालेकाे छ ।
यही मङ्सिर ४ गते आइतवार हुने चुनावमा बहालवाला मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबीच तेस्राे पटक प्रतिस्पर्धा हुन लागेकाे हाे । २०७० सालकाे चुनावपछि बडू र ठगुन्ना यसपालि तेस्रो पटक प्रतिस्पर्धाका लागि चुनावमा उठ्नुभएकाे हाे ।&...