काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहलगरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । समितिले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो । मुटुका बिरामीको शुल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कुटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई […]