पशुपति धर्मशालामा बतासको व्यापार : रक्सी–मासु निषेध, मासिक झण्डै ९ लाख भाडा

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागेपछि यतिबेला बतास समूह विवादको केन्द्रमा छ । राजधानीको मुटु मानिने नारायणहिटीको महँगो जग्गा सस्तो भाडामा लिएर व्यवसाय गर्न लागेको खुलासा भएसँगै बतास समूह विवादमा तानिएको हो । नारायणहिटीमात्रै होइन, बतास समूहले यस्तो व्यापार काठमाडौँकै धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि गरिरहेको छ ।पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतासको त्यहाँको लगानी पनि विवादमुक्त भने छैन । रातोपाटीलाई प्राप्त डकुमेन्टअनुसार बतास समूहले पशुपति धर्मशालामा २०७६ वैशाख ३०