काठमाडौँ। राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेकोमा असन्तुष्टि जनाउँदै पाँचदलीय गठबन्धनबाट बाहिरिएको जनमोर्चाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो।