बाइडेन–सी शिखर वार्ता र चीन–अमेरिका सम्बन्ध

चिनियाँ उपराष्ट्रपति हान झेङले सिंगापुरमा ब्लुमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै चीन अमेरिकासँग सम्बन्ध सुधार

सम्बन्धित सामग्री

प्रतिद्वन्द्विता घटाई प्रतिस्पर्धातिर

आफू निर्देशित विश्व व्यवस्थाका लागि प्रतिद्वन्द्विता–उन्मुख प्रतिस्पर्धाका सबै मोर्चा खुला गरेका अमेरिका र चीनका राष्ट्रपतीबीच कात्तिक २९ (१५ नोभेम्बर) मा सान फ्रान्सिस्कोमा चार घण्टा लामो प्रत्यक्ष संवाद भयो । चीन–अमेरिका शिखर वार्ता र एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर बैठकमा सहभागी हुन अमेरिका पुगेका राष्ट्रपति सी चिनफिङको राष्ट्रपति जो बाइडेनसँगको संवादले द्विपक्षीय तनावलाई ‘प्रतिस्पर्धा’ मै सीमित गर्ने सम्भावना छ ।