ब्राजिलका सबैभन्दा लोकप्रिय नेता लुइज इनासियो लुला दा सिल्भाले शनिबार तेस्रो कार्यकालको लागि चुनावी अभियान सुरु गरेका छन्। लुलालाई गत मजदुर दिवसको दिन साओ पाउलोको प्रतिष्ठित पकाम्बु फुटबल रंगशालाको कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिँदा उपस्थित ठूलो भिडले ठूला नाराका साथ स्वागत गरेको थियो । रङ्गशाला ‘लुला, ब्राजिलका जनताका योद्धा!’ भन्ने नारा लगाए। लुलाले कार्यक्रममा उनको पहिचानगत भारी स्वरमा भनेका थिए ,‘ ब्राजिलमा अहिले शासन गरिरहेका नरसंहारवादी नेताले लादेको घृणा