स्थनीय तहका पदाधिकारीलाई चुनाव प्रचार प्रसार नगर्न निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार नगर्न निर्देशन दिएको छ। बुधबार आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन आचार संहिता २०७९ ले स्थानीय तहका कार्यपालिकाका सदस्यले प्रचार गर्न नपाउने उल्लेख भएकाले त्यसो नगर्न भनेको हो। प्रचार गर्न चाहने कार्यपालिका सदस्यले सरकारी स्रोत साधनको प्रयोग नगरी […]