दाङ : शान्तिनगर गाउँपालिका २ बस्ने ४० वर्षीय रिजवान मियाले आफ्नो उपचारको लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्। करिब अढाई महिना अगाडि तुलसीपुर १९ बिजौरीमा काम गर्ने सिलसिलामा लडेर खुट्टामा चोट लाग्दा उपचार गर्ने समस्या भएको बताए।उनका अनुसार देब्रे खुट्टामा चोट लागेर सुन्निएको छ। उनले आफूसँग तुलसीपुर बजारसम्म उपचार गर्न जान गाडी भाडासमेत नभएको भन्दै आर्थिक अभावका कारण घरमै बस्न बाध्य भएको बताए।उनले भने, ‘बिजौरीमा काम गर्ने सिलसिलामा लडेर चोट लागेको थियो। शुरुमा निको भए जस्तो भएपनि अ