बाँके, २ जेठ: बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आरसी थारू मेमोरियल नगर अस्पतालमा कार्डियाक मोनिटरसहितको स्वचालित आइसियू शय्या जडान भई सञ्चालनमा ल्याइएको छ । जिल्ला अस्पतालमा ल्याइराखिएका आइसियू शय्यालाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो । जिल्ला अस्पतालमा भने लुम्बिनी प्रदेशको सहयोगमा करीब एकहप्ता अघि ल्याइएको ती आइसियू शय्या जडान गर्न सकिएको छैन । […]