बिस्कुन सुकाउने थलो बन्यो बैतडीको पाटन विमानस्थल

धनगढी : बैतडीमा विमानस्थलको धावनमार्गलाई स्थानीयले बिस्कुन सुकाउने थलो बनाएका छन्। जिल्लाको पाटन नगरपालिकास्थित पाटन विमानस्थललाई स्थानीयले निजी काममा प्रयोग गररिरहेका हुन्। विमानस्थलमा गहुँलगायत विभिन्न अन्न सुकाउने गरेको पाइएको हो।एक साता लगातार परेको वर्षाका कारण अन्नमा पानी पसेको थियो। स्थानीय रोशन बिष्टले भने, ‘विमान सातामा एक पटक शुक्रबार मात्र आउँछ। त्यसपछि खाली हुन्छ।धेरै दिनदेखि पानी परेकाले घरमा बिस्कुन सुकाउने ठाउँ नहुँदा यहाँ ल्याएर सुकाएका हौं। गहुँमा