मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा एकजनाको मृत्यु भएको छ । ग.१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट ७२ वर्षीया चेतकुमारी जैशीको बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।पैदल हिँडिरहेकी जैसीको दमौली स्थित रत्नहरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।