सुनको भाउ पाँच वर्षयताकै उच्च, अमेरिकी अर्थतन्त्र र डलर कमजोर हुनु प्रमुख कारण

काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच वर्षयताकै उच्च भएको छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु,

सम्बन्धित सामग्री

म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला!

सुख थोरै दुस्ख धेरै, जीवनमा चाखेको छु मैले देऊ अझै अरू दुस्ख, देउता भाकेको छु मैले सबै भोगी सिद्ध्याए जीउनुको अर्थ रहन्न बाँच्नलाई केही दुस्ख अझै साँचेको छु मैले १

म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला!

सुख थोरै दुस्ख धेरै, जीवनमा चाखेको छु मैले देऊ अझै अरू दुस्ख, देउता भाकेको छु मैले सबै भोगी सिद्ध्याए जीउनुको अर्थ रहन्न बाँच्नलाई केही दुस्ख अझै साँचेको छु मैले १

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सेयर धितो कर्जामा १२करोडको सीमा हट्ने भएपछि नेप्से परिसूचक ४४ अंकले वृद्धि भएको छ।बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिदा प्रतितोला १लाख १२हजार ५सय रुपैयाँमा कारोबार भएको छ। अर्थ मन्त्रालयले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन दिएको छ। वैदेशिक रोजगारीका लागि दुई महिनामा एक लाख ६ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्।

अन्तरराष्ट्रिय बजारमा सुनको भाउ लगातार उकालो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेको छ । लगानीकर्ताहरु यही हप्ता अमेरिकामा सार्वजनिक हुन लागेको महँगीसम्बन्धी तथ्यांकको पर्खाइमा रहेसँगै सुनको भाउले टेवा पाएको हो । अमेरिकी डलर (US Dollar) कमजोर बनेर सुनको माग बढ्दा पनि भाउले भने टेवा पाएको विश्लेषण गरिएको हो ।  सोमवार बिहानी कारोबारदेखि नै न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा सुनको भाउ हरियोमा थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार राति ९ः३५ बजेतिर न्यूयोर्क कोमेक्समा स्पट गोल्ड (Spot Gold) को भाउ शून्य दशमलव ५६ प्रतिशतले बढेर प्रतिऔंस २ हजार २८ डलर ६३ सेन्टमा किनबेच भइरहेको थियो । उक्त दिन सुन उच्चतम् प्रतिऔंस २ हजार ५१ डलरसम्म पुगेको थियो । सोही समयमा यूएस गोल्ड फयूचर्स (US Gold Futures) पनि शून्य दशमलव २ प्रतिशतले नै बढेर २ हजार २८ डलर २० सेन्टमा थियो । गएको हप्ता भने सुनको भाउ शुरुतिर ह्वात्तै बढेर ओरालो लागेको थियो । अप्रिलमा अमेरिकामा रोजगारी सृजना बढेको डेटा सार्वजनिक भएपछि गएको हप्ता सुनको भाउ कीर्तिमानी उच्च स्तर नजिकबाट ३ प्रतिशत घटेको थियो ।  तर आसन्न आर्थिक मन्दी (Recession) अनि फेडले ब्याजदर घटाउने आशाबीच अहिले पनि सुनको भाउले टेवा पाइरहेको छ । फेडले जुनको नीतिगत बैठकमा ब्याजदर अहिलेकै स्तरमा राख्ने सम्भावना ९१ प्रतिशत भएको बजार विश्लेषकहरुले बताएको सीएमईको फेड वाच टूलले देखाएको छ । सोमवार लगातार दोस्रो दिन पनि डलर सूचक घटेको थियो । योसँगै डलरधारकहरुका लागि सुनप्रतिको आकर्षण बढेको थियो ।  अमेरिकाको उपभोक्ता मूल्य सूचक (CPI)को डेटा बुधवार सार्वजनिक हुँदैछ । मुद्रास्फीति सुस्ताएको तथ्यांकले देखायो भने फेड (Fed) ले ब्याजदर घटाउने अनि डलर थप कमजोर बन्ने अनुमान गरिएको छ । यस्तो भयो भने सुनको भाउ पुनः उकालो लाग्न थाल्ने विश्लेषक अनि व्यापारीहरु बताउँछन् । अहिले व्यापारी र लगानीकर्ताहरुको आँखा अमेरिकाको बैंकिङ क्षेत्र र कर्जा सीमामा पनि छ । आइतवार अमेरिकी अर्थ मन्त्री जेनेट येलेनले एउटा चेतावनी जारी गर्दै कर्जा सीमाबारे संसदमा सहमति भएन भने संवैधानिक संकट निम्तने चेतावनी दिएकी थिइन् ।  अमेरिकी अर्थतन्त्रमा कमजोरीको संकेतले सुनको भाउलाई टेवा दिने अनि भाउ छिटै प्रति औंस २ हजार १ सय डलरतिर लाग्ने अनुमान म्यारेक्समा धातु विश्लेषक एडवर्ड मेयर भन्छन् । सोमवार विश्व बजारमा चाँदी, प्लाटिनमको भाउ पनि बढेका थिए । तर यो समाचार तयार पार्दाखेरि चाँदीको भाउमा झिनो कमी आउँदा प्लाटिनम र पालाडियमको भाउमा उच्च वृद्धि देखिएको थियो । एजेन्सी