युभेन्टस पराजीत हुँदा पीएसजी बराबरीमा रोकियो

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टस पराजीत हुँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा माक्काबी हाइफासँग २-० गोलले पराजीत भएसँगै युभेन्टसको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कठिन बनेको हो । स्यामी अफर स्टेडियममा भएको खेलमा घरेलु टोली हाइफालाई जीत दिलाउन ओमेर अट्जिलीले दुई गोल गरे […]