तिलगंगालाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्यो

सरकारले तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान (अस्पताल) लाई  विश्वविद्यालयको मान्यता दिने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा विश्वविद्यालय विधेयक संसदीय समितिमा पठाउने निर्णय गरेको छ ।