पठाइ छाडेको १६ वर्षपछि राम्राे जिपिएमा १२ कक्षा पास
३४ वर्षकी दिपा पराजुलीको जीवनको लक्ष्य नै शिक्षक सेवा आयोगको परीक्षा दिएर सरकारी स्कुलको शिक्षिक बन्ने हो। पढाइको तीव्र इच्छा हुँदाहुँदै सरकारी विद्यालयको शिक्षिका बन्ने उद्धेश्यले उनी पढाइ छाडेकाे १६ वर्षपछि...
२० कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार केशव रावलले १२ कक्षा पास गर्ने प्रत्येकलाई सके रोजगार दिने नसके बेरोजगार भत्ता दिलाउने घोषणा गरेका छन् । रुकुम(पूर्व) प्रदेशसभा तर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रावलले आइतबार ‘सपना तथा प्रतिबद्धता’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । ‘१२ कक्षा पास गरेका हरेक […]
एसइईपछि नेपालमा विज्ञान समूहमा मापदण्डअनुसार भर्ना नपाउने अवस्थाका विद्यार्थी विदेश अध्ययन गरी समकक्षता लिन दिनहुँ धाउँदै
एसइई दिएपछि विदेशी बोर्डबाट ११ र १२ कक्षा विज्ञान समूहका विषय उत्तीर्ण गरी नेपालकै विभिन्न...
काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ परीक्षा उत्तीर्ण गरेकी छिन्। शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनले २.४१ जीपीएसहित परीक्षा उत्तिर्ण गरेकी हुन्।आफूले अपेक्षा गरे अनुसारकै नतिजा आएकोले आफू सन्तुष्ट रहेको उनले बताएकी छिन्। कोरोनाका कारण उनको पढाइ प्रभावित भएको थियो। सानै उमेरदेखि सक्रिय रुपमा अभिनयमा लागेकाले उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्। ४० वर्षको भएपछि कक्षा ८ बाट फेरि पढ्न सुरु गरेकी करिश्माले अब भने पढाइलाई
कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा
काठमाडौं (अस) । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।
भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो । संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति आवेदन दिन सक्नेछन् । संस्थाका एड्मिशन म्यानेजर सुभाषकेशव कोइराला कम्पेक्स स्कलरशिपको फर्म भर्न अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गरिँदै आएको बताए । ‘साथै विद्यार्थी र अभिभावक कार्यालयमै आएर पनि फारम भर्न सक्नेछन्,’ उनले भने ।
उनका अनुसार कम्पेक्स स्कलरशिपका लागि अगस्ट चौथो साता कम्प्युटर बेसमा परीक्षा लिइने भएको छ । कक्षा १२ उत्तीर्ण गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन तथा परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ ।
कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इस्टिच्युटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तरराष्ट्रिय विद्यार्थी अनुभव र छात्रवृत्तिका बारेमा जानकारी लिएर विद्यार्थी र अभिभावकलाई परामर्श दिँदै आएको संस्थाका निर्देशक सन्तोषकुमार चौधरीले बताए । हाल शैक्षिक सत्र २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा संस्थाले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज’बारे जानकारी एवं परामर्श दिने कार्यक्रम आयोजना गरेको हो । भारतीय दूतावास काठमाडौंले मेधावी र मेहनती नेपाली विद्यार्थीलाई मेरिटको आधारमा ‘कम्पेक्स स्कलरशिप २०२१’ मार्फत शतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा अध्ययनको अवसर प्रदान गरेको छ ।
विगत ८ वर्षदेखि जापानको टोकियोमा सञ्चालन भइरहेको नेपाली विद्यालय एभरेस्ट इन्टरनेसनल स्कुललाई नेपाल सरकारले ११ र १२ कक्षा सचालन गर्ने अनुमति दिएको छ ।हाल कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको सो विद्यालयलाई चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ सम्म अध्ययन अध्यापन गर्न अनुमति दिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ […]
कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने भएको छ। शिक्षा नियमावलीले कक्षा ९ देखि १२ लाई माध्यामिक तहमा ल्याए पनि मावि तहको लाइसेन्स हुने शिक्षकले अब ११ र १२ कक्षा पढाउन नपाउने आयोगले जनाएको छ। ‘स्नातक तह पास गरेका शिक्षकले ११ र १२ पढाउन पाउँदैनन्’, आयोगका प्रवक्ता दामोदर आचार्यले भने, ‘११ र १२ कक्षा…