कांग्रेसले नरुचाएकै हो त पुस्तान्तरण

यस पटकको चुनावमा जनताको रुझान नयाँ तथा युवा पुस्ताको उम्मेदवारमा देखियो । तर नेपाली कांग्रेस संसदीय दलको चुनावको दृश्य भने त्यसअनुसार देखिएन । जनताले युवा तथा नयाँ पुस्तालाई रुचाउँदा त्यही जनताबाट निर्वाचित भएर आएका सांसदले भने कांग्रेस संसदीय दलको नेतामा युवा पुस्ताको नेतृत्व रुचाएको देखिएन । प्रत्यक्षबाट निर्वाचित ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेको कांग्रेस संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर विजयी हुँदा महामन्त्री गगन थापा २५ मत ल्याएर पराजित हुनुभएको छ । नेता शेखर कोइराला...