युरोकपमा एक टिमले २६ खेलडी राख्न पाइने

एजेन्सी। युरोकप फुटबलमा हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन्। कोरोना भाइरसलाई मध्यनजर गर्दै युईएफएले टिममा थप ३ खेलाडी राख्न दिने निर्णय गरेको हो। यसअघि एक टिममा २३ खेलाडी मात्र राख्न पाइने नियम थियो । कोरोनाको महामारीबीच हुने ठुला फुटबल प्रतियोगितामा टिमलाई राहत दिने योजनासहित २६ खेलाडी राख्न पाइने नियम बनाएको हो।