काठमाडौं : काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा मंगलबार मतदान भएको हो। गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल सहित १६० जना सदस्यले मतदान गरेका थिए। प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी