बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको ठेक्का सम्झौता एक साताभित्र गरिने भएको छ । जुन कम्पनीले ठेक्का पाउँछ, उसले ठेक्का सम्झौता भएको मितिले चार महिनाभित्र सडक स्तरोन्नति सक्नुपर्नेछ । उक्त समयमा स्तरोन्नति नसकिए ठेक्काको म्याद थपिनेछैन । बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरीको बीचको खण्ड ‘फास्ट ट्र्याक’मा स्तरोन्नति गर्न ठेक्का आह्वान गरिएको हो ।