विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैनः प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास नहुने बताएका छन्। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। ‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’उनले भने। वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएको भनाई उनको थियो।

सम्बन्धित सामग्री

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन्।भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उनले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्। प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे। उनले भने, &

विज्ञान र प्रविधिको विकासमा प्रतिबद्ध छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलमा उनले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् ।