जबाफदेही शासनतर्फको पाइला

हिजो एकात्मक शासन व्यवस्था थियो, राजा थिए । आज राजाको ठाउँमा राष्ट्रपति छन् । राजा परम्परागत भए । त्यसमा पनि शासन व्यवस्था एउटै परिवारमा भयो । एउटै वंशले देश चलाउने भए । बाउ मरेपछि छोरा, त्यसपछि नाति, पनातिले देश चलाउने भए तर शासन भनेको जनताबाट निर्वाचित प्रतिनिधिले गर्नु पर्छ । किनभने जनताबाट निर्वाचित प्रतिनिधिमा जवाफदेहिता हुन्छ । जनताले नै मतदान गरेर सत्तामा पठाउने र जनताको पक्षमा काम गरे भने फेरि निर्वाचित गरेर पठाउने नभए पराजित गर्ने