साहित्यकार तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’को ट्रेलर सार्वजनिक

वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे सामाजिक विषयवस्तुलाई समावेश गरिएको छ । वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको चलचित्र निर्माण सम्पन्न भएपछि त्यसका केही महत्वपूर्ण अंश आज प्रदर्शन गरिएको हो । यसअघि निर्देशक देउजाले महाकवि […]