नेप्सेमा सुधार : साढे १२ अंकले बढेको बजारमा साढे ४ अर्बको कारोबार

लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो ।  गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो । साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर र फाइनान्स बाहेकका अन्य सबै उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् ।  यसदिन सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक ३.५६ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह