मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले गिरावट आएको छ । गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको हो । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ । चार दिन पछि एकैपटक मंगलबार खुलेको बजारमा हाइड्रोपावर समूहको सूचकमा सबैभन्दा बढी ६.२१ प