स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा परिवर्तन आवश्यक छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफमा मन्त्री पौडेलले अहिलेकै नीति, नियमभित्र बिमा धेरै व्यवस्थित हुन नसक्ने बताए ।