काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले सांसद भीम रावलले सत्तारुढ गठबन्धन आवद्ध दल र सरकारले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत गतिविधि गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरूमाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत कार्य गरेर छिमेकी देशसँगको सम्बन्धमा चिसोपना बढाउने गतिविधि गरेको आरोप लगाएका हुन् । […]