२८ बुँदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सकिएको छ। 'महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।