काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यसमितिको पाँच वर्षे म्याद सकिएपछि ६ महिना म्याद थप्ने प्रस्ताव गरिएको छ।
कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा पेश गरेका हुन्।
देउवाको कार्यसमितिको म्याद एक वर्ष अघि नै सकिएको थियो। त्यसपछि विधान बमोजिम असाधारण परिस्थितिको धारा प्रयोग गर्दै थपेको…