काठमाडौं । कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीबाट सबैभन्दा बढि कृषि क्षेत्रमा क्षति भएको भन्दै भदौ १० गतेभित्रै कृषिसम्बन्धी विशेष राहत प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले बाढीले सबैभन्दा बढि क्षति कृषिमा भएकोले त्यसको लागि सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने जनाएका हुन् ।