नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

१५ कात्तिक, कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता-४ का २२ वर्षीय गुड्डु […]