नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओली निकट नेताहरू छलफलमा जुटेका छन् । आइतबार बिहानैदेखि उनीहरू सहमतिका लागि छलफलमा जुटेका हुन् । सहमति नभए निर्वाचन हुने भएका कारण निर्वाचनको तयारी पनि पुरा गरेर राखिएको छ ।