आन्तरिक  हवाई उडान असार १७ गतेदेखि शुरु

असार ९, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान असार १७ गतेदेखि सञ्चालन हुने भएको छ ।      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।       मन्त्रिपरिषद्को गत सोमवार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।       साथै मन्त्रालयले अन्तरराष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहीवारदेखिनै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा जुलाई २४ मा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौं उडान गर्ने तालिका छ । त्यस्तै जुन २५ मा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान गर्नेछ भने एयर इण्डियाको जहाजले दिल्ली–काठमाडौं उडान गर्नेछ । जुन २६ मा कतार एयरवेजले दोहा–काठमाडौं उडान गर्नेछ । टर्की एयरलाइन्सले काठमाडौं उडान गर्नेछ । सोही दिन एयर अरेवियाको जहाजले आबुधावीबाट काठमाडौंको उडान भर्ने तालिका तय गरिएको छ । त्यसैगरी जुन २७ मा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुर र दुबईमा समान एक एक उडान गर्ने तालिका छ ।            कतार एयरवेजको दोहा–काठमाडौं र जजिरा एयरवेजले कुवेतबाट काठमाडौं उडान गर्ने मन्त्रालयले बताएको छ । जुन २८ मा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौंका लागि उडान गर्नेछ । जुन २९ मा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । सोही दिन टर्किस एयरलाइन्सले काठमाडौं उडान गर्ने छ । फ्लाई दुबईले काठमाडौं, ओमनको सलाम एयरले काठमाडौंमा उडान गर्ने छन् । जुन ३० मा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौं उडान गर्ने तालिका तय गरिएको छ ।      कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो रासस  

सम्बन्धित सामग्री

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान सामान्य प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ।

खराब मौसमका कारण कर्णालीको हवाई उडान प्रभावित

सुर्खेत – मौसममा आएको खराबीका कारण कर्णालीको हवाई उडान प्रभावित भएको छ । मौसम बदलीकै कारण मंगलबार काठमाडौँबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला, डोल्पामा हुने हवाई उडान तीन दिनदेखि बन्द छ । सडक सञ्जाले नजोडिएको जिल्ला डोल्पा र हुम्लामा हवाई उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन् । नेपालगन्ज र सुर्खेत […]

सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध

काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध भएकाे छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। पछिल्ला केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले हवाई उडान निरन्तर अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगम ताप्लेजुङले जनाएको छ । प्रतिकूल मौसमका […]

सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

सौर्य एयरलायन्सले विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।

सुदूरपश्चिममा आन्तरिक हवाई उडान शुरू हुँदै

कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरू असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाई उडान शुरू हुने भएको छ ।  कोरोना महामारीका कारण कम्तीमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दिपायल–धनगढी हप्ताको दुई दिन मंगलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालिका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण...

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।

भोलीदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु

काठमाडौं। भोली अर्थात् बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक गरेको हो। मन्त्रिपरिषदको बैठकले हवाई उडान खोल्ने निर्णय गरेसँगै हवाई उडानको तालिका सार्वजनिक गर्ने जिम्मेवारी प्राधिकरणले पाएको थियो। सोहीअनुसार प्राधिकरणले ९ वटा देशमा हुने हवाई उडानको तालिका सार्वजनिक गरेको हो।

यी देशमा खुल्यो हवाई उडान

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। ९ वटा देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो। टर्की, यूएई, कुवेत, ओमान, साउदी अरेबिया, मलेसिया, कोरिया, जापान र चीनसँगको हवाई उडानलाई खोल्ने निर्णय गरेको हो। यी देशहरु नेपालका प्रमुख श्रम गन्तव्य मुलुक हुन्। श्रम स्वीकृति लिएर बसेका धेरै नेपालीहरु हवाई उडान बन्द हुँदा रोकिएपछि सरकारले खोल्ने निर्णय गरेको हो।

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो।