ओली सरकारले नियुक्त गरेका समाज कल्याण परिषद् बोर्ड पदाधिकारीको सामुहिक राजीनामा

काठमाडौं : समाज कल्याण परिषद्को बोर्डबाट सम्पूर्ण पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन्। परिषद्का उपाध्याक्ष पद्मप्रसाद खतिवडासहितका ८ जना पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती तथा सदस्यहरु मणीराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा नेपाल, ब्रम्हध्वोज गुरुङ, र शुशील ज्ञवाली रहेका छन्। बोर्डको अध्यक्ष महिला…