काठमाडौंमा निषेधाज्ञाको आज तेस्रो दिन, पहिलेभन्दा थप कडाई (फोटोफिचर)

काठमाडौं, १८ बैशाख । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । काठमाडौं उपत्यकामा भने बैशाख १६ गते विहान ६: ०० बजेदेखि निषेधाज्ञा जारी छ । आज निषेधाज्ञाको तेस्रो दिन । निषेधाज्ञा आगामी बैशाख २२ गते राति १२ बजेसम्म कायम गरिएको छ । काठमाडौं प्रशासनले भने […]

सम्बन्धित सामग्री

४० भन्दा धेरै मोडलका मोटरसाइकलमा लाग्यो प्रतिबन्ध

काठमाडौं । सरकारले आयातमा थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै बजारमा चल्तीका मोटरसाइकल आयात ठप्प हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी भदौ १४ गतेसम्मको लागि आयातमा प्रतिबन्ध लगाएसँगै १५० सीसी माथिका मोटरसाइकलको आयात रोकिने भएको हो । मन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशित गर्दै आयात प्रतिबन्ध लम्बाएको […]

१५० सिसी माथिका मोटरसाइलसहित यी बस्तुको आयातमा आजबाट प्रतिवन्ध

आजदेखि १५० सिसी क्षमताभन्दा बढीका मोटरसाइल आयातमा प्रतिवन्ध लागेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले आज साउन १ गतेबाट १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइल आयातामा प्रवितन्ध लगाएको हो।उद्योग मन्त्रालयले वैशाख १३ गतेदेखि आयातमा लगाईएको प्रतिबन्धलाई परिमार्जन गर्ने प्रस्ताव गरेको हो । यसअघि वैशाख १४ गतेदेखि असार मसान्तसम्म २५० सीसीसम्मका मोटरसाइकलको आयात रोकिएको थियो । अब थप कडाई गर्दै सरकारले भदौं १४ गतेसम्म १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।आजबाट नयाँ आर्थिक वर्ष लागेपनि यसअघिकै नियमलाई निरन्तरता दिँदै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानको आयात प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।कुकुरे, कुर्मुरे जस्ता खाद्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, तयारी मदिरा, हिरा, ३ सय डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा लगाईएको प्रतिबन्धले निरन्तरता पाएको छ ।

१५० सीसी माथिका मोटरसाइकल आयात प्रतिबन्द, खुलेन गाडी आयात

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि बैशाख १४ गते लगाएको आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो । बैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो । अहिले लगाइएको प्रतिबन्ध […]

निषेधाज्ञालाई थप कडाई पार्न सीडीओहरूको बैठक बस्दै

काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ।

आज मन्त्रिपरिषदको बैठक बस्दै

न्युज अफ नेपाल ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज साँझ ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्   बस्दै छ  ।  निषेधाज्ञा आजबाट थप कडाई गर्ने गरी निर्णय हुनेछ । अहिलेलाई आन्तरिक र वाह्य दुुबै हवाइ उडान स्थगित गरिंदैछ । अहिले सार्वजनिक यातायात बन्द भएपनि हवाई उडान भने यथावत छ । तर विमानस्थलमा […]

निषेधाज्ञालाई थप कडाई गर्छौं : काठमाडौं सिडिओ

काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडाइ गरिने बताएका छन्। आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, जिल्ला सुरक्षा निकायका पदााधिकारी, जिल्ला समन्वय समितिका संयोजकसहित काठमाडौंको अनुगमनमा निस्केका सिडिओ पराजुलीले थप कडाइ गरिने बताए। उनले भने, ‘पाँचसय बेडको वीर अस्पतालको नयाँ भवन खाली छ, तत्काल सञ्चालनमा ल्याउन सकिनेबारे अनुगमन गर्‍याैं।’ आज सरकारी सवारीसाधनलाई पनि कडाइ गरेको उनले बताए।

काभ्रेमा लकडाउन कडा, १ सय ८६ सवारी साधन नियन्त्रणमा

काभ्रेपलाञ्चोक । लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको भन्दै आइतबारदेखी जिल्ला प्रहरी कार्यालय काभे्रले थप कडाई गरेको छ । शनिबारको तुलनामा आइतबार धेरै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभर अनावश्यक रुपमा गुडेका १ सय ८६ सवारी साधनलाई आज प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १ सय ४९ मोटरसाइकल, २१ …

नेपाल - भारत सीमा नाकामा थप कडाइ

काठमाडौं । ‘कोभिड–१९’को सङ्क्रमण भित्रिन नदिन सरकारले मुलुकका दक्षिणी नाकामा थप कडाई गर्ने भएको छ । उत्तरी नाका भन्दा दक्षिणी नाकाबाट सङ्क्रमण भित्रिन सक्ने खतरा रहेको औँल्याउँदै सरकारले थप कडाइ गर्न थालेको छ । सिंहदरबारमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले ‘कोभिड–१९’ विरुद्ध लड्न आवश्यक पूर्व तयारी …