टर्कीमा काेइला खानी विष्फाेट हुँदा कम्तीमा २८ जनाकाे मृत्यु

उत्तरी टर्कीको बार्टिन प्रान्तको एक कोइला खानीमा विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ फसेका छन्। शुक्रबार विस्फोट हुँदा करिब ११० जना खानीमा थिए, जसमध्ये झन्डै आधा ३०० मिटरभन्दा गहिराइमा रहेका थिए। टर्कीका स्वास्थ्यमन्त्रीले ११ जनाकाे उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको जानकारी दिए। विस्फोट करिब ३०० मिटर गहिराइमा भएको अनुमान गरिएको […]