करिब एक सेकेन्डले भारतीय खेलाडीलाई पछि पार्दै एथलेटिक्समा नेपाललाई दोस्रो स्वर्ण

काठमाडौँः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालका गोपी चन्द पार्कले स्वर्ण पदक जितेका छन्। प्रतिस्पर्धामा नेपालकै हरिकुमार रिमाल तेस्रो भए। रजत पदक भारतका सुनील दवारले जिते। पाँच हजार मिटरको दुरी गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित पार गरे। दवार पार्कभन्दा करिब १ सेकेन्डले