काठमाडौं । नेकपा माओवादीले महाधिवेशन सम्पन्न भएको ८ महिनापछि पदाधिकारी चयन गरेको छ ।
लामो समयसम्म रस्साकस्सी भएको महासचिवमा भने देव गुरुङले बाजी मारेका छन् ।
पार्टी विभाजनको बेलामा अध्यक्ष पुष्पकमल दाहालको साथ छाडेका नेता गुरुङलाई अहिले दाहालले नै महासचिव बनाएका छन् ।
यसअघि वर्षमान पुन र जनार्दन शर्मा महासचिवका प्रबल दाबेदार थिए...