एसपीपीबारे संसद्मा एमाले सांसदको चेतावनी- केपी ओलीको पत्र छ भने कि तपाईंले पद छोड्नुपर्‍यो, कि मैले

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले एसपीपीका लागि लेखिएको पत्रमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनुमति दिएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले कोइरालाले लेखेको पत्र संसद्मा ल्याउन माग गरे ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले अथोरिटी दिएको भए आफूले पद छोड्न तयारी भएको बताए । “रक्षा मन्त्रालय तपाईंको मातहतमा...