काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचैजना पदाधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले बर्खास्त गरेको हो । एक मन्त्रीका अनुसार वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित […]