नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले डेढ वर्षअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन घोषणा गरेका बेला सरकारले प्रतिबद्धता दोहोर्याएको छ । गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी तत्कालीन सरकार र नेकपाबीच भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।