सामुहिक हत्या र सामुहिक आत्महत्याले नै तर्साएको वर्ष : सामाजिक अपराधको श्रृङ्खला पनि उत्तिकै

काठमाडौं : लुटपाट, अपहरण, चोरी डकैतीजस्ता भन्दा पनि सामाजिक परिबेशमा घेरिएका अपराधहरूले यस वर्ष नेपालीलाई आतंकित बनाइरह्यो। घरभित्र र आफन्तबाट नै योजनावद्ध गराइएका हत्याका श्रृङ्खला वर्षभरि नै छाइरह्यो। दुई वर्षदेखिको कोरोना सङ्क्रमणले निम्ताएको आर्थिक सङ्कट, मानिसमा देखिएको नैराश्यताका साथै हत्या र आत्महत्याका ग्राफ उकालो लागेर २०७८ बिदा भएको छ। सेलिब्रेटी…