भएन सहमति, विद्यालय कर्मचारीको अनशन जारी

काठमाडौं : सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन्। उनीहरु विगत २२ दिनदेखि अनशनमा छन्।विद्यालय कर्मचारीले गत जेठ २८ गतेदेखि अनशन थालेका हुन्। अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए। अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको उनले बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति ग