धनगढीमा बिग्रेका सिसिटिभी क्यामेरा, अपराध नियन्त्रणमा प्रहरीलाई सकस !

धनगढी : कैलालीको धनगढीका आयुश जोशीको शनिबार साँझ साढे ५ बजे पर्स हरायो। रातोपुल क्षेत्रमा पर्ने मल्ल आयल स्टोरनजिकै उनको पर्स हराएको थियो। जोशीको पर्समा केही नगदसहित सवारीचालक अनुमतिपत्र, बैंकहरूका एटिएम कार्डलगायत अन्य कागजपत्रसमेत थिए।त्यसकारण जोशीले हराएको पर्सको खोजी तत्कालै थाले तर पर्स भने भेटिएन। दोस्रो दिन बिहीबार आफ्नो समस्या लिएर जोशी जिल्ला प्रहरी कार्यालय कैलाली पुगे। र, सिसिटिभी फुटेज हेरिदिन आग्रह गरे। तर बजार क्षेत्रका अधिकांश सिसिटिभी क्यामेरा बिग्रेका कारण उक