बुटवलको निर्माणाधीन प्लान बी डान्स क्लबमा शुक्रवार दिउँसो भीषण आगलागी भएको छ ।
सिद्धार्थ कटेज नजिक रहेको क्लबमा केही समयअघि आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिकाको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाका दमकल पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
आगलागी नियन्त्रणको प्रयास जारी छ ।