हेटौंडा : बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन बस्न लागेको बैठकमा सत्तारुढ दल एमाले सहभागी हुने विषय विवादित भएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो।एमालेले पार्टी अधिवेशनको कारण देखाउँदै प्रदेशसभाको बैठकमा आफूहरू उपस्थित हुन नसक्ने भन्दै बिहीबारको बैठक सार्न आग्रह गरेको थियो। सभामुखले एमालेको आग्रहअनुसार बैठक स्थगित नगरेर सदन चलाउने भएपछि बैठकमा सहभा