दमौली – आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता वितरण गरेको छ । हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म आवतजावतका लागि समस्या हुने भएपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् । “नागरिकलाई सकभर छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु […]
भक्तपुर, १९ पुस । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा औधी खुसी भएको बताउनुभयो । श्रेष्ठ मात्रै […]
गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले इस्मा गाउँपालिका–५ की ३५ वर्षीया पूर्ण अपाङ्गता रहेकी विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता दिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैसहितको टोलीले कुँवरको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा कुँवर सामाजिक सुरक्षासहित राज्यबाट प्राप्त हुने अन्य सेवा-सुविधाबाट बञ्चित हुनुपरेको थियो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्...
२९ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–१४ रातामाटाकी ४८ वर्षकी पूर्ण अशक्त पुनिकला आचार्यलाई घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । आचार्यलाई गत जेठ १५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले घरमै पुगेर नागरिकता प्रदान गरेका थिए […]
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न शुरू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान शुरू गरेको हो ।
अपाङ्गता भएका व्यक्ति नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण शुरू गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताइन् ।
उनले जिल्लाको गैँडाकोट नगरपालिकाबाट अभियानको सुरुआत ...
कावासोती, १६ भदौ । अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले गैँडाकोट […]
सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्य नागरिकता बोकेर घरमै आएपछि प्रह्लाद मण्डलको परिवार दङ्ग परे । नागरिकताबाट वञ्चित पूर्ण अपाङ्ता भएका प्रह्लाद पनि मुस्कुराए । अशक्त, अपाङ्गता र सुस्त मनस्थितिका उनले नागरिकताको महत्व त बुझ्नु भएन होला तर धेरै मानिस उनको वरिपरि झुम्मिएको र परिवारका मानिस खुशीले गद्गद् बनेको देखेर प्रफुल्लित भए ।जिल्लाका प्रमुख नै नागरिकता लिएर आएपछि दङ्ग परेका गाउँलेसहित पूर्वउपप्रधान पञ्च र वडाध्यक्ष पनि उनको घरमा जम्मा भए । शारीरिक अशक्तताका कारण उठेर
२७ साउन, सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ का प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले १९ वर्षीय मण्डललाई घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत […]
लमजुङ : जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो। विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर न