अमेरिकाको युटाहमा भयंकर सुक्खा आएपछि सरोवरमा लुकेको एक शहर बाहिर निस्केको छ ।
रकपोर्ट जलाशय सुकेपछि एक अज्ञात शहरको अस्तित्व मानिसहरूले थाहा पाएका छन् । सन् १९५७ मा सरकारले वानशिप बाँध बनाउने योजना बनाएपछि रकपोर्ट शहरबाट बस्ती हटाइएको थियो । त्यही बाँधका कारण रकपोर्ट जलाशय बनेको थियो ।
त्यतिखेर उक्त क्षेत्रमा लगभग २७ वटा मात्र परिवार थिए । रकपोर्ट स्टेट पार्क एरियामा पहिलोपटक सन् १८६० मा गोरा मानिसहरू बस्ती बसाउन आएका थिए ।
तर अहिले भयंकर सुक्खाका कारण पानी सुकेर जम्मा २९ प्रतिशत बाँकी रहेप...