सर्वसाधरणमा शेयर जारी गर्न आवेदन दिएका सात जलविद्युत कम्पनीले लामो समयदेखि पाएनन् अनुमति :: BIZMANDU.COM

काठमाडौँ।नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनका लागि आवेदन दिएका सात कम्पनीले लामो समयसम्म पनि अनुमति पाएका छैनन्। आवेदन दिने

सम्बन्धित सामग्री

निषेधाज्ञाका कारण मध्य भोटेकोशी जलविद्युतको आईपीओ निष्कासन स्थगित

वैशाख २३, काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र विक्री प्रबन्धकले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानकारी दिएको हो ।  यस कम्पनीको आईपीओमा स्थायिनले पनि अनलाईन आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र उपत्यकामा रहेका सात ओटा मर्चेण्ट बैंकरहरुको वेवसाइटमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओ विक्री खुला भएको दोस्रो दिन बुधवार साँझ ५ बजेसम्म आयोजना प्रभावित क्षेत्रका २७१ जना स्थानियबाट ७७ हजार ८९० कित्ता र ३ हजार ९८ अन्य वासिन्दाहरुबाट ५ लाख १० हजार ४७० कित्ताको लागि आवेदन परिसकेको थियो ।  सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।