लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ मा विश्वासको मत लिने भएका छन् । माघ ५ मा पहिलोपटक विश्वासको मत लिएका गिरीले माओवादीसहितका साना दलले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत प्राप्त नभएमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार दाबी गर्ने र त्यो अस्वीकार भए कानुनी व्याख्याका लागि सर्वोच्च अदालत जाने एमालेको तयारी छ ।