रुखबाट लडेर घाइते रोकाको उपचारमा ४ लाख सहयोग

बागलुङ : रुखबाट लडेर गम्भीर घाइते भएकी ताराखोला गाउँपालिका–२ अर्गलकी कलामति रोकालाई उपचारार्थ चार लाख १४ हजार २८९ सहयोग प्रदान गरिएको छ । स्थानीय नवसिर्जना युवा क्लबले आर्थिक सहयोग अभियान चलाएर उठेको सो रकम आज रोकाको परिवारजनलाई हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार २५ वर्षीया रोका अहिले पोखरास्थित हरियोखर्क अस्पतालमा उपचाररत छन् […]